Happy Tihar 2082

स्कुलको गेट ले किच्दा दमकमा एक बालकको ज्यान गयो

पढ्न समय: 1 मिनेट

दमक: झापाको दमक नगरपालिका-१० मा विद्यालयको गेटले किचेर एक बालकको मृत्यु भएको छ।अर्का एकजना  घाइते भएका छन्। मृत्यु हुनेमा छुका हेमरनका ७ वर्षीय छोरा बिजेन्दर हेमरन रहेका छन्।बुधबार दिउँसो साढे २ बजे जनता प्राथमिक विद्यालयमा नर्सरीमा अध्ययनरत हेमरनलाई स्कुलमा खेल्ने क्रममा अचानक मेन गेट लडेर किचेको थियो। गेटले थिचेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो।

उपचारको क्रमममा उनको दिउँसो पौने ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। बालकको पोष्टमार्टम पछि दाहसंस्कार गरिएको छ। हेमरनको परिवार मोरङ कानेपोखरी-२ घर भई हाल दमकमा डेरा गरी बस्दै आएको थियो। साथै सोही गेटले थिचेर दमक नगरपालिका-१० बस्ने फुलमाया दर्जीको ९ वर्षीया छोरी तारा दर्जी समेत घाइते भएकी छिन्।उनको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।

- Advertisement -
Ad image

कमजोर संरचनाको सो गेट विद्यार्थी झुण्डिएर खेल्ने क्रममा गेट भत्किएर दुर्घटना हुन पुगेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले भौतिक संरचनामा ध्यान नपुर्‍याउँदा दु:खद घटना घटेको स्थानीयको भनाई छ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *