सुनको मूल्यमा नयाँ रेकर्ड

पढ्न समय: 1 मिनेट

सुनको मूल्यले फेरी नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको खबर सेतोपाटी डटकम मा छ।

आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य सोमबार ५ सयले बढेर ७६ हजार पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

- Advertisement -
Ad image

नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो।

गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भयो।

शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पनि हजार रुपैयाँ बढेको थियो।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार ७ सय रुपैयाँ पुगेको छ।

अमेरिका र ईरानको बीचमा बढेको तनावको असर सुनमा देखिएको विश्लेषकहरुले बताएका छन्। अहिले अन्तर्राष्टिय बजारमै सुनको मूल्य बढेको छ।

केही दिन अघि प्रतिऔंस १५ सय ३० अमेरिकी डलर रहेको सुनको भाउ सोमबार १५ सय ७७ प्रतिऔंस पुगेको छ। अन्तर्राष्ट्रिय मिडियाहरुले पनि सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्।

भारतिय मुद्रा कमजोर भएर डलर महंगो पर्न गई सुनको भाउ वृद्धि भएको सुनचाँदी व्यवासायी महासंघको महासचिव धर्मसुन्दर ब्रजाचार्यले बताए। बज्राचार्यले सुनको भाउ अझै बढ्ने दाबी गरे।

सुनसँगै चाँदीको मूल्य पनि आकासिएको छ। आइतबार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *