गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको हुकागाछी क्षेत्रबाट सशस्त्र परहरीको मोवाइल टोलीले प्रतिबन्धित लागु औषध सहित एक जनालाइ पक्राउ गरेको छ । पकराउ पर्नेमा गौरादह ७ जुरोपानीका शुभम कोइराला रहेको कुरा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरिक्षक दीपक खड्काले जनाएका छन् ।
बिहिबार बिहान ८ बजे स्थानीय चीया पसलमा बसिरहेका कोइराला माथि शँका लागि सशस्त्रको मोवाइट टोलीले चेक जाँच गर्दा लागु औषध फेला परेको कुरा बताइएको छ ।
कोइरालाको साथ बाट १० थान नाइट्रोजन ८ थान एसपास पोकरान १० थान नाइट्राभेट चक्की र २ सय २० एमएलका ३ बोतल स्कुफ सिरप फेला परेको कुरा प्रहरी निरिक्षक खड्काले बताए ।
कोइरालाको साथबाट टोलीले मे ९ प ८१६७ नँबरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
कारबाहीका लागि बरामद सामग्री सहित निजलाइ इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाउने तयारी गरिएको कुरा कार्यालयले जनाएको छ ।
