Happy Tihar 2082

सरसफाइ र बाल क्लव गठन योजना बारे एक दिने कार्यशाला

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज मँसिर १ । बिद्यालयहरुमा बाल क्लब गठन र सरसफाइ बारे गौरीगञ्जमा एक दिने योजना कार्यशाला सम्पन्न भएको छ ।
गौरीगञ्ज गाउँपालिकाको समन्वयमा बिराट सामुदायिक अध्ययन केन्द्रको सहजिकरणमा भएको कार्यक्रममा गौरीगञ्ज गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बक्ताहरुले बिद्यालयको सरसफाइ का चुनौतिहरु बारे बोलेका थिए ।
गौरीगञ्ज गाउँपालिका शिक्षा समिती सँयोजक दिपेन्द्र थापाले बिद्यालय सरसफाइका लागि शिक्षक र अभिभावक दुबै जिम्मेबारी दँगबाट अघि बढे थोरै लगानी बाट धेरै प्रतिफल पाउन सकिने कुरा बताएका थिए । त्यसै गरि सभापतित्वको आसनबाट बोल्दै गाउँपालिका प्रमुख बाबुराजा श्रेष्ठले बिद्यालय परिसर र बिद्यालयका शौचालयहरुको सरसफाइमा चुनौति रहे पनि त्यसको सरसफाइका लागि शिक्षक तथा अभवभावकहरुले रचनात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताएका थिए । उनले सरसफाइका लागि रचनात्मक प्रस्ताव ल्याए गाउँपालिकाले त्यसका लागि हर तरहले सहयोग गर्ने कुरा बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *