Happy Tihar 2082

सरसफाइमा समुदाय— प्रहरी : बसपार्क ब्यबस्थित गर्न सडक मिचेर बनाइएका घरटहरा हटाउन माग

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । समुदाय प्रहरी साझेदारी कार्यक्रमको पालिका स्तरिय समितीले शनिबार गौरीगञ्ज बजारमा सरसफाइ कार्यक्रम गरेको छ । बस पार्क देखि गेउरिया पुल सम्मको क्षेत्र सरसफाइमा जनप्रतिनिधि प्रहरी देखि सर्बसाधारण जनताको अनपेक्षित सहभागिता रहेको थियो । सरसफाइ सँगै बजार क्षेत्रमा अनियन्त्रित र अब्यबस्थित रुपमा पार्कीङ हुदै आएको सबारी साधनहरुलाइ समेत तोकिएको स्थानमा पार्किङ गर्न ब्याबशायीहरुलाइ अनुरोध गरिएको छ ।
कार्यक्रम शुरु गर्दै वडा नँ ३ का वडाध्यक्ष मखना महतोले बजार क्षेत्र ब्यबस्थित राख्न सबैको सहयोगको आबश्यक्ता रहेको बताएका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक टेकेन्द्र पौडेलले सबारी साधनहरुको अब्यबस्थित पार्किङले बजार क्षेत्रमा दुर्घटनाको सँभावना बढाएको कुरा बताए ।
बस ब्यबशायीहरुले तोकिएको बसपार्क साँघुरो भएको, चोक क्षेत्रमै सडक मिचेर बनाइएको टहराहरुले बस घुमाउन अप्ठ्यारो रहेको र आफुहरु बस पार्क बाट यात्रु चढाउदा चोक क्षेत्रमा रहने ट्याम्पोहरुले सबै यात्रु बोक्ने गरेकोमा आफ्नो ब्याबशाय धरापमा पर्ने गुनासो गरेका छन् । उनिहरुले यातायातका साधनहरुलाइ ब्यबस्थित गर्न पहिले सडक मिचेर बनाइएका घर टहरा हटाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *