Happy Tihar 2082

सँक्रमणका कारण हालसम्म बिराटनगरमा ७ जनाले गुमाए ज्यान

पढ्न समय: 1 मिनेट

३२ साउन मोरँग । ईकान्तिपुर डटकमले आइतबार पछील्लो अपडेट गरे अनुसार प्रदेश १ को राजधानी विराटनगरमा आइतबार थप ८६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ५ सय ६६ पुगेको छ ।
हालसम्म विराटनगरमा कोरोनाका कारण ७ जनाले ज्यान गुमाइसकेका र ७६ जना संक्रमित निको भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अन्य संक्रमितहरु होम आइसोलेसन र कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका छन् ।
यसैबीच, मोरङमा आइतबार थप ९२ जना संक्रमित थपिएका छन् । जसमा ३२ महिला र ६० जना पुरुष हुन् । बुढीगंगामा ३, धनपालथानमा २, कटहरीमा १ र विराटनगरमा ८६ जना संक्रमित थपिएका हुन् । योसँगै मोरङमा कोरोना संक्रमितको संख्या ९ सय ९१ पुगेको छ । जसमा ३ सय ३४ जना निको भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्यु भएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९ पुगेको र १ हजार ७५ जना निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्ममा ६५ हजार ९ सय ३३ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्