Happy Tihar 2082

सँक्रमणका कारण बिराटनगरमा थप एकको मृत्यु : मोरँगमा मृतकको सँख्या ५ पुग्यो

पढ्न समय: 1 मिनेट

२३ साउन, विराटनगर । कोरोना सँक्रमणका कारण मोरँगमा थप एकको आज मृत्यु भएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान कोशी अस्पताल पुर्याइएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको मृत्युपछिको रिपोर्ट पोजेटिभ आएको हो ।
कोशी अस्पतलाका आइसोलेन इन्चार्ज डा. लक्ष्मीनारयण यादवका अनुसार अस्पताल भर्ना गर्ने चरणमै मृत्यु भएको पुरुषको स्वाब संकलनपछिको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
यो सँगै मोरङमा मात्रै संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । विराटनगरका ३, रंगेली १ र सुनवर्षीका १ जनाको मृत्यु भईसकेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्