Happy Tihar 2082

शिक्षालाई जाेड दिदै रंगेली नगरपालिका मेयर बगडियाले पदभार ग्रहण गरे

पढ्न समय: 2 मिनेट

रबिन्द्र बराल ।
जेठ१०, मोरङ । रंगेली नगरपालिका का मेयर दिलिप बगडिया ले बुधवारदेखि पदभार ग्रहण गरेका छन । उनलेे नगरपालिका रहेका बाल विकास केन्द्र मा अध्यन गर्ने बालबालिका काे लागि सहज हाेस भन्न का लागि पंखा,कार्पेट लगायत का सामाग्री खरिदका लागि रकम निकासी गर्ने आफ्नो पहिलाे निर्णय भएको बताए ।

- Advertisement -
Ad image

त्यसैगरी जिर्ण रहेकाे सामुदायिक बिधालय हरु काे मर्मत संम्भार गरिने र साे काे काम चाडैं सुरुवात समेत गरिने भएको छ । बुधबार बसेकाे कार्यपालिका काे पहिलो बैठक ले मतदान प्रकृयाबाट सहभागी हुने सम्पुर्ण नगरवासि धन्यवाद र आगामी कार्यकालमा जन अपेक्षा बमोजिम अगाडि बडने प्रतिव्धता,अति बिपन्न एकल महिला, र अपांग भएका व्यक्ति का घरपरिवार लाई निशुल्क स्वास्थ्य बिमा आगामी आर्थिक बर्ष देखि गरिने उपमेयर भुमा पराजुली ले आर्थिक बर्षदेखी पिडित महिला बालबालिका हरुका लागि सेल्प हाउस काे स्थापना गर्ने निर्णय समेत गरिकी छिन ।

बुधवार एक कार्यक्रम काे आयोजना गर्दे नगर प्रमुख बगडियाले उपप्रमुख भुमा पराजुली , वडाध्यक्ष तथा वडा सदस्यहरूलाई समेत शपथ ग्रहण गराएका थिए । कार्यक्रममा रंगेली नगरपालिका प्रमुख प्रशासन अधिकृत नवराज कार्की , ईलाका प्रशासन कार्यलय रंगेली का प्रमुख उपेन्द्र राई, कृष्ण भट्टराई , रुपा सुनुवार, शिक्षा अधिकृत रबिन्द्र पंण्डित, रंगेली अस्पताल का डाक्टर अरुण भट्टराई ,ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक शैलेश न्याैपाने , बिभिन्न राजनीतिक दलका प्रमुख तथा बितिय संस्था का प्रमुख हरु काे समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्