Happy Tihar 2082

शनिबार देखि गौरीगञ्जको बस पार्क ब्यबस्थित गरिने

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउपालिका वडा नँ ३ स्थित बस पार्क ब्यबस्थित गरिने भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिकामा बसेको भेलाले सो निर्णय गरेको हो ।

फागुन ४ गतेका दिन बस पार्क सरसफाइ कार्यक्रमको आयोजना गरि सोहि दिन देखि बसपार्कलाइ ब्यबस्थित पारिने कुरा भेलाले निर्णय गरेको हो ।

- Advertisement -
Ad image

सार्वजनिक शौचालय सहितको बस पार्क हुदाहुदै पनि गौरीगञ्जको मुख्य बजार क्षेत्रमै अब्यबस्थित तरिकाले सार्वजनिक तथा निजि बस टेम्पो सिटी सफारी लगायतका सबारी साधनहरु बाटै छेकिने गरि पार्कीङ गरिदै आएको छ । बजार क्षेत्रमा सबारी पार्कीङ अब्यबस्थित हुदै गए पछी बजारको सुन्दरता ह्रास हुदै गएको छ भने यसले सबारी दुर्घटनाहरु निम्त्याउने समेत सम्भावना बढाएको छ ।

गौरीगञ्ज गाउँपालिकाको सभाहलमा गापा अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको साझेदारी कार्यक्रमको उक्त बैठकले सबारी चालक र सहचालकहरुका लागि देश ब्यापि रुपमा लागु गरिएको ड्रेस अनिबार्य गराउने सार्बजनिक बसहरु बस पार्क भित्र राख्नु पर्ने तथा टेम्पो लगायतका साधनहरु तोकिएको स्थानमा राख्नु पर्ने र प्रतिबन्धित लागु ओषधको कारोबारलाइ निस्तेज पार्न कडा कदम चाल्नु पर्ने जस्ता कार्य लागु गराउने निर्णय गरेको छ । यसका लागि साझेदारी कार्यक्रमले सँबन्धित सबै निकाय तथा ब्यक्तीहरुलाइ पत्राचार गरि जानकारी गराउने तथा सहयोग लिने समेत निर्णय गरेकबो छ ।

देश ब्यापी रुपमा लागु भएको समुदाय — प्रहरी कार्यक्रमले फागुन महिना भित्र मै वडा टोल र बिद्यालय स्तरिय समिती गठन गर्ने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *