Happy Tihar 2082

वडाध्यक्ष गिरी द्वारा साहित्य चौतारीलाइ २५ थान कुर्सी उपहार

पढ्न समय: 1 मिनेट

साउन ३१ गौरीगञ्ज । गौरीगञ्ज ०गाउँपालिका वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीले साहित्य चौतारीलाइ २५ थान कुर्सी उपहार दिएको छ । साहित्य चौतारी गौरीगञ्जले शनिबार बिहान श्री त्रिभुवन आदर्श पुस्तकालयमा आयोजना गरेको एक कार्यक्रमका बीच वडाध्यक्ष गिरीले सो कुर्सी हस्तान्तरण गरेका हुन् । साहित्य चौतारीले मुक्तक तथा गजल लेखन सँबन्धी कार्यशालामा वडाध्यक्ष गिरीले साहित्य चौतारीका ब्यवस्थापक श्याम न्यौपानेलाइ सो उपहार हस्तान्तरण गरेका हुन् ।

- Advertisement -
Ad image

कार्यशालाको सहजिकरण साहित्यकार रमेश ओझेल र अरबिन राजवँशीले गरेका थिए भने कार्यशालामा बिभिन्न बिद्यालयहरुका बिद्यार्थीहरको सहभागिता रहेको थियो ।  कार्यशाला अघि चैतारीका सदस्य तथा साहित्यकारहरुले रचना बाचन गरेका थिए । चौतारीका शनिबारका सँयोजक अप्सरा दाहालको सभापतित्व र वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रस्ताबित गौरीगञ्ज जेसिसका अध्यक्ष श्रृष्टी भट्टराइ लायन्स क्लब अफ गौरीगञ्जका अध्यक्ष सञ्जिब रमण गौरीगञ्ज क्याम्पस ब्यवस्थापन अध्यक्ष मखना महतो लगायतको उपस्थिती रहेको थियो ।

साहित्य चौतारी गौरीगञ्जले हरेक महिना गौरीगञ्जमा साहित्यिक जमघट गराउँदै आएको छ ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्