गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका र हकिङ्स ग्लोबल एजुकेशनको आयोजनामा हन गइ रहेको लोकसेवापरीक्षा तयारी कक्षाको लागि इन्ट्रान्स परीक्षा सोमबार सम्पन्न भएको छ ।
बिहान ८ बजेर ४० मिनेटमा गौरीगञ्ज कयाम्पसमा शुरु भएको परीक्षामा करीब १ सय ३० जना परीक्षार्थी सहभागि भएका थिए भने गौरीगञ्ज गाउँपालिकाका ६ वटै वडाबाट १ सय ३८ जनाको आवेदन दिएका थिए ।
इन्ट्रान्स परीक्षामा सहभागि मध्ये नासु समुहका लागि र खरिदार समुहका लागि प्रत्येक समुहका उत्कृष्ट तीस तीस जना गरि ६० जनाले तयारी कक्षामा सहभागि हुन पाउने छन् ।
कक्षा चैत १ गते देखि सञ्चालन हुने छ ।
प्रतिक्रिया लेख्नुहोस्