भदौ १२ गौरीगञ्ज । श्री कृष्ण जन्माष्टमीको अबसरमा गौरीगञ्जमा गत भदौ १ गते आयोजना गरिएको राधाकृष्ण रथयात्राको हिसाब सार्वजनिक भएको छ । रथयात्रा ब्यवस्थापन समितीको गत मँगलबार बसेको बैठकले हिसाब सार्वजनिक गरि हिसाबको बिबरण गौरीगञ्ज दर्पण डटकमलाइ उपलब्ध गराएको छ ।
समितीले सार्वजनिक गरेको बिबरण अनुसार रथ यात्राका लागि बिभिन्न दाताहरुबाट नगद र जिन्सी गरि जम्मा रु ४ लाख १६ हजार ६ सय २६ रुपैया प्राप्त गरेको छ । जस मध्ये रसिद नँ १ देखि ५५३ नँबरसम्मको रसिद मार्फत रु २ लाख ९७ हजार २ सय १६ रुपैया सँकलन गरिएको छ भने मन्दिर छेउमा राखिएको काउन्टरमा पहेलो रसिदको १ नँबर देखि २०० नँबर सम्मको रसिद बाट ३१ हजार १ सय ६० रुपैया सहयोग प्राप्त भएको छ । त्यस्तै दान पेटिकाबाट रु ५ हजार ६ सय ३१ रुपैया प्राप्त भएको छ भने अनलाइन माध्यमबाट रु ४८ हजार १९ रुपैया प्राप्त गरेको छ । त्यस्तै दाताहरुबाट प्रसाद र पुजा प्रयोजनका लागि रु ३४ हजार ६ सय रुपैया बराबरको जिन्सी सामान प्राप्त गरेको छ ।
त्यस्तै पुजा र रथयात्रा समेत गरेर जम्मा रु २ लाख ४५ हजार ३ सय ५५ रुपैया खर्च भएको छ भने समिती सँग रु १ लाख ७१ हजार २ सय ७१ रुपैया मौज्दात रहेको छ ।
समिती सँग बाँकी रहेको रकममा दाताहरुबाट थप सहयोग प्राप्त गरि अर्को बर्ष नयाँ रथ बनाउने योजना रहेको कुरा समितीका अध्यक्ष मुकेश कुमार साहले बताए ।
यहि बर्ष राधाकृष्ण मन्दिर बिधिबत रुपमा दर्ता गरि सामुदायिक बनाउने योजना छ । दर्ता प्रकृयामा जान पनि अलिकती खर्च हुन्छ – उनले भने । दर्ता लगतै नयाँ रथ बनाउनका लागि दाताहरुसँग सहयोग लिने कुरा सचिब बिक्की साहले बताए ।
यस पटक स साना खर्चहरुको पनि बिल भर्पाइ राखिएको र कतिपय दाताहरुले रसदै काटेर दान गरेपनि दान गोप्य राख्न अनुरोध गरिएकाले दाताहरुको नाम सार्वजनिक नगरेको समितीले जनाएको छ । हिसाबमा चित नबुझे समितीका पदाधिकारीहरुसँग सँपर्क गरि सबै रसिद र खर्च बिल भर्पाइहरु हेर्न सकिने कुरा सचिब बिक्की साहले बताएका छन् ।
