साउन १९ गौरीगञ्ज । गौरीगञ्जमा श्री कृष्ण जन्माष्टमीको अबसरमा बर्षेनि हुँदै आएको राधाकृष्ण रथ यात्राका लागि नयाँ समिति गठन गरिएको छ । सोमबार खजुरगाछी स्थित राधाकृष्ण मन्दिरमा बसेको बैठकले पुरानो समिती बिघटन गरि मुकेश कुमार साहको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।
समितीको उपाध्यक्षमा बिकल श्रेष्ठलाइ चयन गरिएको छ भने सचिबमा बिक्की शाहलाइ चयन गरिएको छ । त्यस्तै सहसचिबमा बिनिता शिलवाल कोषाध्यक्षमा मनोज दास र सदस्यहरुमा अशोक स्वर्णकार दिपक पञ्जियार वरुण सिजापती अशोक थापा उमेश मल्लिक बिनोद राजवँशी रबि साह माञ्जी उमा राउत खिनामाया न्यौपाने र बिजेन्द्र मण्डललाइ चयन गरिएको छ ।
त्यस्तै बाबुराजा श्रेष्ठ सँयोजक रहने गरि ७ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । सो समितीको अन्य सदस्यहरमा साधना सापकोटा नारायण अग्रवाल सँजिव रमण अर्जुन दँगाल मखना महतो र नन्दराज थापालाइ चयन गरिएको छ । बैठकले गौरीगञ्जका स्थानिय सञ्चार गौरीगञ्ज दर्पण डटकमका प्रधान सम्पादक मदन राजवँशीलाइ प्रेस सल्लाहकार चयन गरेको छ ।
श्री कृष्ण जन्माष्टमीको अबसर पारेर २०७६ साल देखि अष्टमीको भोली पल्ट गौरीगञ्जमा भब्य राधाकृष्ण रथयात्रा निकाल्ने गरिएको छ । यस बर्ष पनि कृष्ण जन्माष्टमीको भोली पल्ट अर्थात भदौ १ गते खजुरगाछी स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको रथ यात्रा भब्य रुपमा सञ्चालन गरिने तयारी गरिएको छ ।