Happy Tihar 2082

रतुवा मा डुबेर बालकको मृत्यु

पढ्न समय: 1 मिनेट

दमक / रतुवा खोलामा जेसीबीले खनेको खाडलमा डुबेर शनिबार दिउँसो २ बालकको मृत्यु भएको छ । झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलामा पौडी खेल्न गएका बालकहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीकाअनुसार दमक १ का ९ वर्षीय आयुष पुर्कुटी र पाँचथर फाल्गुनन्द गाउँपालिका ५ घर भई दमक १ मा बस्दै आएका १२ वर्षीय निश्चल चेम्जोङको खाडलमा डुबेर ज्यान गएको हो ।
रतुवा खोलामा पुल निर्माण चलिरहेकाले जेसीबीले खोला गहिराएको थियो । उक्त खाडलमा साथीहरुसँग पौडी खेल्न गएका दुवै बालकको डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक विजयकुमार पण्डितले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको पण्डितले बताए ।

पुर्बि सञ्चार डटकमबाट

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *