Happy Tihar 2082

रतुवा खोलाले हुलाकी सडक बगायो : एक ब्यक्तीपनि बगेर बेपत्ता

पढ्न समय: 1 मिनेट


अबिरल बर्षाका कारण रतुवा खोलामा बाढि आउदा हुलाकी सडक अन्तर्गतको रतुवा पुल पश्चिमको खण्ड बगेको छ । खोलाले रतुवामाइ नगरपालिकातर्फको सडक बगाएपछी तल्लो क्षेत्रमा झापा र मोरँग बिच सम्बन्ध बिच्छेद भएको छ । खोलाले सडक बगाएपछी मोरँगबाट आफ्नी दुलही लिन आइरहेका एक युवा रतुवा खोलामा बगेर बेपत्ता भएकाछन् । रतुवामाइ नगरपालिका ७ डाँगिटोला का करिब २२ वर्षिय अरुण ऋषिदेव बगेर बेपत्ता भएको कुरा सँगै रहेका उनका मामा बिजय ऋषिदेबले बताए ।
बाटो बगेपछी दुलही लिन झापा आउदै गरेका उनिहरु पौडेर खोला तर्न खोलामा पसेका थिए । उनिहरु मध्ये मामालाइ स्थानियहरुले उद्दार गरे पनि भाञ्जा अरुण ऋषिदेब बगेर बेपत्ता भएकाछन् । खबर पाए लगतै सशस्त्र प्रहरी बल खजुरगाछीको रेस्क्यु टोलिले खोजि कार्य शुरु गरेपनि साँझ ७ बजेसम्म उनलाइ फेला पार्न नसकेको कुरा सशस्त्र प्रहरी बल गौरीगञ्जले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्