रबिन्द्र बराल
” दैनिकी गराै मह सेवन , हुन्छ स्वास्थ्य दिर्घ जीवन” भन्ने मुल नारा का साथ माेरङकाे रंगेली नगरपालिका ३ स्थित रंन्जनीमा कृषि ज्ञान केन्द्र सुनसरी माेरङ तथा माैैैैरी ब्लक संचालन समिती द्वारा अनुदान सामग्री वितरण तथ सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि अाधुनिकिकरण परियाेजना कृषि ज्ञान केन्द्र सुनसरी माेरङ तथा माैरी ब्लक संचालक समिति रंगेली ले कार्यक्रम काे अायाेजना गरि संस्थाले चालु खर्च दुई लाख ६५ हजार रुपयाँँ पुजिगत तर्फ ६४ लाख ७० हजार रुपैयाँ कुल खर्च ६७ लाख ३५ हजार रुपयाँँ रहेको छ भने समिती ले व्याेर्हेने ३२ लाख ३५ हजार रुपैयाँ तथा अनुदान बाट ३५ लाख रुपैयाँ समेत रहेको जानकारी गराएका छन । कार्यक्रममा काे प्रमुख अतिथि रंगेली नगरपालीका उप मेयर केशव कुमारी खराल बडा अध्यक्ष धन्श्याम पनेरू कृषि शाखा सुनसरी मोरङ का राम देव सिंह महासंघ अध्यक्ष बोघराज खतीवडा , स्थानीय राज कुमार खडका लगायतको उपस्थिति समेत रहेको थियोे । कार्यक्रममा सहभागी माैरी पालन किसान हरुले भने अाफुहरु ले माेरङकाे लेटाङ,पथरी उर्लाबारी क्षेत्रमा रहेको जङ्गलमा माैरी चराउन लगेतापनि लकडाउनका कारण समयमै घर ल्याउन नपाएर समयमै महकाडन नपाएको र धेरै माैरी हरु समेत मरेेेेेकाे कृषक राेशन पाठक ले बताए । कार्यक्रममा अनुदान मा अाएका दुई सय ५० थान माैरी काे घार समेत हस्तान्तरण गरेका छन ।
अहिले माेरङकाेे रंगेली नगरपालिका , उर्लाबारी नगरपालिका र बेलवारी नगरपालिका मा माैरी पालनकाे ब्यवसाय गर्दाे अाएकाे समेत जानकारी दिएका छन ।
रञ्जनीमा मौरी पालन सम्बन्धी सार्वजनिक सुनवाइ

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्