रगत सँकलन कार्यमा रेडक्रस गौरीगञ्ज झापाकै उत्कृष्ट उपशाखा
बैशाख १८ झापा । नेपाल रेडक्रस सोसाइटीको उपशाखा गौरीगञ्ज झापाकै उत्कृष्ट उपशाखाका रुपमा सम्मानित भएको छ । आज नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ५१दऔ साधारण सभामा गौरीगञ्ज उपशाखा झापा मध्येकै सबैभन्दा उत्बृष्ट उपशाखाका रुपमा सम्मानित भएको हो । उपशाखा गौरीगञ्जले एक बर्षमा सबैभन्दा धेरै २ सय ३३ युनिट रगत सँकलन गरेका कारण गौरीगञ्ज उपशाखा झापाकै सबैभन्दा उत्कृष्ट उपशाखाका रुपमा सम्मानित भएको कुरा सोसाइटीले जनाएको छ । साधारणसभामा सम्मान पत्र सहित उपशाखा गौरीगञ्जका सभापती यादव रिजाललाइ सम्मानित गरिएको थियो ।
साधारणसभा सँगै आज भद्रपुरमा स्थापना भएको ब्लडबैङकको आधुनिक प्रयोगशालाको माननिय भौतिक पूर्वाधार योजना तथा यातायत मन्त्री देवेन्द्र दाहाल बाट उद्घाटन गरियो । ब्लडबैँकको उद्घाटन सँगै अव विर्तामोडमा जस्तै रक्तसंचार सेवा भद्रपुरवाट पनि कम्पोनेट सहितको सुविधा उपलब्ध हुनेछ ।
कार्यक्रममा २०२४ सालदेखि झापा जिल्ला शाखा रेडक्रस सदस्यका रुपमा सेवारत हरिध्वज खत्रि साथै २०४२ देखिे झापा जिल्ला शाखाका सदस्यका रुपमा रहेकाल कल्याण प्रसाद कोईरालालाइ नगद, दोसल्ला तथा प्रमाण पत्रले सम्मानित गरिएको छ ।