Happy Tihar 2082

रँगेली मालपोत कार्यालयमा कर्मचारीको ठगि धन्दा

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मालपोत कार्यलय का कर्मचारी हरुले सेवा ग्राही हरु संग राजस्व भन्दा बडि रकम लिने गरेको पाईएकाे छ ।कार्यलयमा बाट जग्गा नाम सारी, हालसाबिक,राजिनामा जस्ता विभिन्न काम हरु हुने गरेको छ । यस कार्यलय बाट रंगेली नगरपालीका,सुनवर्सि नगरपालिका ,सुनवर्सि नगरपालिका र धनापालथान गाउँ पालिका काे साेराभाग र अमाहिबर्याती का सर्वसाधारण सेवा लिदै अाईरहेका छन । असाेज ११ गतेदेखि नेपाल सरकारले सम्पुर्ण मालपोत कार्यलय अनलाइन प्रणालीमा लागू नहुदा दैनिकी ६० देखि ७० जाना सर्वसाधारण हरुले सेवा लिएता पनि अनलाइन प्रणाली लागू भए पछि दैनिकी ३० देखि ४० जना मात्रै काे काम हुने गरेको छ । दैनिकी १लाख देखि २ लाख रुपैयाँ सम्म राजस्व संङ्कलन हुने गरेको छ । साे कार्यलय काे रजिस्टेेेेसन फाँटका कर्मचारी हरुले हरेक सर्वसाधारण हरु बाट राजस्व रकम लिएता पनि कर्मचारी थप ५ सय रुपैयाँ रकम लिए पछि मात्रै काम गर्ने गरेका छन भने कम्पुटर फाँटमा समेत रकम नलिकन काम अगाडि नबडाउने एक सेवा ग्राहीले बताए । उक्त कार्यलयमा १५ जाना कर्मचारी काे दरवन्दि रहेता पनि अहिले ७ जना कर्मचारी हरुले काम गर्ने बाध्य रहेका छन भने अरु फाँटमा कर्मचारी नहुदा काम गर्ने बडि समस्य रहेको कार्यलय का प्रमुख उत्तम श्रेष्ठले बताए । उक्त कार्यलयमा कार्यरत कर्मचारी हरुले रंगेली मा रहेकाे सहकारी संस्था हरुमा समेत दैनिकी पैसा जम्मा गर्ने गरेका छन।
तपाईं अाफै अनुमान लगाउनु हाेस के दैनिकी बचत गर्ने रकम कहाँबाट अाउछ हाेला ? कार्मचारी हरुले दैनिकी १ सय रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म रकम जम्मा गर्ने गरेकाेे स्राेत काे दावी छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *