Happy Tihar 2082

रँगेलीमा खोलामा डुबेर युवकको मृत्यु

पढ्न समय: 1 मिनेट

असार ३०, मोरङ ।‌‌ मोरङको रङ्गेलीमा घुँगी टिप्न गएका एक युवकको खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । रङ्गेली नगरपालिका–२ का २५ वर्षीय भीम राईको कट खोलामा डुबेर बुधबार दिउँसो २ः३० बजेतिर मृत्यु भएको हो । 

प्रहरीका अनुसार घरबाट अन्दाजी ८ सय मिटर उत्तर–पूर्वमा रहेको खोलामा घुँगी टिप्ने क्रममा राई डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्