रबिन्द्र बराल ।
३ भदौ मोरँग । रँगेलीमाजारी लकडाउन कडाइ गर्ने सन्दर्भमा प्रहरीद्वारा स्थानियहरु माथि लाठी चार्ज भएपछी रँगेली ५ स्थित आमगाछी क्षेत्र तनाब ग्रस्त बनेको छ ।
आज साँझ करिब ७ बजेतिर प्रहरीले स्थानियहरु माथि लाठिचार्ज गरेपछी प्रहरी र स्थानियहरु बीच तनाब भएको हो । झडपका क्रममा केहि स्थानियहरु घाइते समेत भएको कुरा स्थानिय सुरेन्द्र मण्डलले बताए । प्रहरी चौकीका सई सन्तोष यादबको टाउको फुटेको प्रहरी श्रोतले जनाएको छ ।
प्रहरीले ज्यादती गरेको भन्दै करीब ३ सयको सँख्यामा स्थानियहरुले प्रहरी चौकी घेराउ गरि रहेका छन् ।
घटना थाहा पाए लगतै ईलाका प्रहरी कार्यालय रँगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल र सशस्त्र प्रहरीका प्रतिनिधी भरखरै घटना स्थल पुगेको र घटना साम्य पार्न छलफल जारी रहेको बुझिएको छ । आजै आमगाछी क्षेत्रमा ५ जना सहित रँगेलीमा९ जनासँक्रमित फेला परेको थियो ।