झापा, साउन २१ । मोरङका बुधबार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । विराटनगर –९ गुद्रीका पुरुष र रंगेलीकी ८ का पुरुषको मृत्यु भएको हो ।
कोशी अस्पताल विराटनगरमा मंगलबार राति भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको थियो भने रंगेलीका ४५ वर्षिय पुरुषको अस्पताल आई नपुग्दैँ मृत्यु भएको थियो । दुबैको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको कोशी अस्पतालले जनाएको छ ।
रंगेली ८ भएका ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या भएको भन्दै बुधबार विहान ९ः३० बजे आफन्तले अस्पताल ल्याएका थिए । तर, डाक्टरले उनलाई तत्काल मृत घोषणा गरे । मृत्युपछि कोरोनाको आशंकामा स्वाब संकलन गरिएकोमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको अस्पतालको आइसोलेशनका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले जानकारी दिए । रँगेलीका मृतकको कुनै ट्राभल हिस्ट्री छैनन तर उनि केहि दिन अघि मिटर लिन बिद्युत प्राधिकरण को रँगेली शाखा गएको बुझिएको छ । वडा नँ ८ का वडाध्यक्ष ढकप्रसाद आचार्य का अनुसार साता दिन अघि उनि वडा कार्यालयबाट मिटरको सिफारिस लिएका थिए । साउन १९ गते बिद्युत प्राधिकरण रँगेली शाखाका ५ जना कर्मचारीमा सँक्रमण पुष्टी भएको थियो । केहि मिडियाहरुले रँगेलीका मृतक महिला भएको लेखेपनि उनि पुरुष रहेको कुरा रँगेलीका नगरप्रमुख दिलिप बगडियाले गौरीगञ्ज दर्पण डटकम लाइ बताएका छन् ।
यसअघि विराटनगर ९ का पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोमा उनको पनि रिपोर्ट पोजेटिभ उनको पनि रिपोर्ट पोजेटिभ आएको छ । योसँगै बुधबार मात्र मोरङमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या जिल्लामै ४ पुगेको छ ।
यसअघि गत सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो । त्यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
रँगेलीका एक सहित कोरोना सँक्रमणका कारण मोरँगमा आज दुइको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्