Happy Tihar 2082

मोरँग ५ मा निर्वाचित भए स्वतन्त्र उम्मेदवार मण्डल

पढ्न समय: 2 मिनेट

रबिन्द्र बराल

मंसिर८, रँगेली । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले २१ हजार ८ सय २० मत प्राप्त गरि निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र का उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत प्राप्त गरेका छन् ।

- Advertisement -
Ad image

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमाले-जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए ।

को हुन् मण्डल ?

जीवन विकास लघुवित्त वित्तीय संस्थाबाट राजनीतिमा उदाएका धनपालथान गाउँपालिका २ का मण्डल २ दशकअघि स्थापना गरेकोे जीवन विकास लघुवित्त संस्थाका संस्थापक अध्यक्ष हुन् ।

२०५४ सालमा स्थापना गरेको सो संस्थाले २४ जिल्लामा कार्यक्षेत्र बिस्तार गरेको छ। तीन लाखभन्दा बढी सदस्य रहेको सो संस्थामा एक हजार दुई सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। लघुवित्त संस्थाको उपलब्धि र कामले प्रत्यक्षरुपमा क्षेत्र नम्बर ५ का जनतामा प्रभाव परेको छ।

५ नम्बर क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यसहित स्थापना भएको जीवन विकास लघुवित्तले स्वास्थ्य, शिक्षाको क्षोत्रमा पनि उत्तिकै प्रभावकारी भूमिका खेल्दै आएको छ।
दुई वर्षभित्र तीन सय शय्याको सुलभ अस्पताल सञ्चालनका लागि उनको नेतृत्वमा संरचना निर्माण भइरहेका छन्।
आफूले सञ्चालनमा ल्याएको लघुवित्तमा सफलता हासिल गरेपछि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए।

२०७४ सालको निर्वाचनपछि उनले एमालेबाट नै मोरङ क्षेत्र नम्बर ५ मा केन्द्रित रहेर राजनीति शुरु गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्