विराटनगर / मोरङको सुनवर्शी नगरपालिका–२ खैरवारि र पथरी शनिश्चरे नगरपालिका–५ मा लगाएको अफिम खेती नष्ट गरी प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यालय रंगेली र ईलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले अफिम खेती नष्ट गरेको हो । सुनवर्शीका चन्द्रप्रसाद गनगाई र पथरीका वर्जु गनगाईको लसुन खेतमा लगाईएको ३ हजार ३४ अफिमको बोट नष्ट गरेको मारङ प्रहरीले जनाएको छ ।
अफिम खेती गरेको सूचनाका आधारमा निरन्तर निगरानी गरेको प्रहरीले अफिम खेती नष्ट गरिएको हो । २०७४ साल माघ महिनामा समेत बरडङ्गाबाट समेत र अफिम खेती नष्ट गरिएको थियोे ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार अफिम खेतीको लामो समयको निगरानी पछि आज नष्ट गरिएको हो । नष्ट गरिएको अफिम उत्पादन लिने बेलामा नष्ट गरिएको हो ।
चन्द्रले आफ्नो ७ धुर खेतमा अफिम खेती गरेका थिए । उनले जम्मा १ हजार ४ सय ४७ बिरुवा लगाएका थिए । त्यस्तै सुनबर्शीका बर्जुले आफ्नो ५ धुर खेतमा २ सय ५७ बोट लगाएका थिए । सुनवर्शी २ का बासुदेव गनगाईलाई १ कट्ठा जग्गामा १ हजार ३ सय ३० बोट अफिम लगाएका थिए । उनी अहिले फरार रहेको मोरङ प्रहरीले जनाएको छ ।
अफिम खेती गरेको बिशेष सुचनाका आधरमा निरन्तर निगरानी पछि सोमबार प्रमाण सहित दुईजनालाई पक्राउ गरिएको डिस्पी श्रेष्ठले जानकारी दिए । ‘अफिमको पप्पी तयार भएपछि प्रमाण सहित पक्राउ गरिएको डिस्पी श्रेष्ठले हो ।’ अफिमको पप्पीबाट निकालिएको चोप अफिमको रुपमा प्रयोग गरिन्छ ।
पक्राउ परेका चन्द्रप्रसादलाई इलाका प्रहरी कार्यालय पथरी र बर्जुलाई इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही प्रकृया अघि बढाएको मोरङ प्रहरीले जनाएको छ ।
खबर पुर्वाञ्चल डटकममा यो खबर छ
