महाभारा स्वास्थ्य चौकीको ल्याब बन्द गरेकोमा स्थानियहरुको आपत्ती

पढ्न समय: 2 मिनेट

महाभारा स्वास्थ्य चौकीको ल्याब बन्द गरेकोमा स्थानियहरुको आपत्ती

फागुन १२ गौरीगञ्ज ।गौरीगञ्ज वडा नँ १ स्थित महाभारा स्वास्थ्य चौकीको ल्याब गाउँपालिकाले एक्कासी बन्द गरेपछी महाभाराका स्थानियहरुले आपती जनाएका छन् । महाभाराका १ सय भन्दा बढि स्थानियहरुले हस्ताक्षर सँकलन गरि सो ल्याब पुन शुचारु गर्न माग गर्दै आज गाउँपालिका अध्यक्ष फुलबती राजवँशीलाइ ध्यानाकर्षण पत्र बुझाएका छन् ।

- Advertisement -
Ad image

उनिहरुले मौजुदा स्वास्थ्य चौकीलाइ थप ब्यवस्थित गर्दै थप सेवा र सुबिधा सुचारु गर्नु पर्नेमा गौरीगञ्ज गाउँपालिकाले भएको सेवा सुबिधा पनि कटौती गरेको प्रति घोर भर्त्सना गरेका छन् ।

महाभारा स्वास्थ्य चौकीमा भएको ल्याबमा दैनिक जसो १० देखि १५ जना सेवा ग्राहिहरुले रगत सुगर हेमोग्लोबिन खकार परीक्षण जस्ता ल्याब सेवाहरु पाउँदै आएका थिए । तर गत पुस २९ गते देखि प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापाले चौकीलाइ पत्राचार गर्दै ल्याब असिस्टेन्ट सुनिता महतोलाइ हाजिर हुन रोक लगाएपछी ल्याब सेवा बन्द भएको हो । चौकीमा ल्याब सेवा बन्द भएपछी बिशेष गरि वडा नँ १ र आसपासका गर्भबती महिलाहरुलाइ हेमोग्लोबिन परीक्षण गर्न समस्या भएको कुरा चौकीमा कार्यरत एक स्वास्थेयकर्मीले बताए ।

सो स्वास्थ्य चौकीको ल्याब बन्द गर्दा स्थानियहरुसँग छलफल नगरिएको र कार्यपालिका बैठकमा समेत सो निर्णय नभएको बताइएको छ । प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापाको एकल निर्णयले ल्याब असिस्टेन्ट सुनिता महतोलाइ जागिरबाट निकाले पछी सो ल्याब सेवा बन्द भएको हो ।

गत बर्ष वडा नँ २ कोरोबारी स्थित स्वास्थ्य चौकीमा भएको ल्याबमा कार्यरत असिस्टेन्ट भावना खतिवडाको बिबाह भएपछी सो स्वास्थ्य चौकीमा समेत ल्याब सेवा बन्द रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्