Happy Tihar 2082

महाभारत गाउँपालिका । शुन्य बेरुजु हुने एक मात्र उत्कृष्ट पालिका

पढ्न समय: 1 मिनेट

महाभारत गाउँपालिका । शुन्य बेरुजु हुने एक मात्र उत्कृष्ट पालिका

जेठ २ काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका शुन्य बेरुजु हुने एक मात्र उत्कृष्ट पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले गत बुधबार जारी गरेको प्रतिवेदन अनुसार महाभारत गाउँपालिकाको बेरुजु शुन्य देखिएको हो ।

- Advertisement -
Ad image

 देशभरमा ७ सय ५३ स्थानीयतहसहित ७ प्रदेश र उक केन्द्रिय सरकार सहित देशमा ७ सय ६१ सरकार मध्ये महाभारत गाउँपालिकामा १ रुपैया पनि बेरुजु देखिएको छैन । सबैको बेरुजुको चाङ छ। तर, एउटा यस्तो स्थानीय तह छ जसको बेरुजु शून्य छ। त्यो हो काभे्रपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका। जसको बेरुजु एक रुपैयाँ पनि छैन। गाउँपालिका  अध्यक्ष कान्छालाल  जिम्बा निरन्तर प्रयासबाट शून्य बेरुजु बनाउन सफल भएको बताउँछन् । 

‘कर्मचारीलाई सार्वजनिक खरिद ऐन, नियमावली, स्थानीय सार्वजनिक ऐन, नियमावली निरन्तर फलो गर्न लगायौं,  उनीहरूलाई  यो विषयमा तालिम दियौं, अध्यक्ष जिम्बाले भने,  हामीले नीति नियम संगतबाहेक काम नगर्ने भनेर जनप्रतिनिधि र कर्मचारीले सामूहिक प्रतिबद्धता गर्‍यौं।’ कुनै दबाब र प्रभावमा होइन योजनाबद्ध रूपमा  गरेका कामको मात्रै भुक्तानी गर्ने प्रणाली बसालेको कारणले शून्य बेरुजु भएको उनले बताए । 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्