काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । मन्त्रिपरिषद पुनर्गठनको औपचारिक रुपमा जानकारी दिइएको छैन । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको जनाएका छन् । नयाँ मन्त्रीहरुको सपथ भोलि बिहीबार विहानका लागि राखिएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, गृहमन्त्री रामबहादुर थापा बादल, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत राखिएको छ ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिएको छ । उपेन्द्रलाई कानुनमन्त्री बनाइएको छ । नेकपा नेता भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ ।
स्रोतका अनुसार पूर्वएमालेबाट मन्त्री बनेका संघीय मामिलामन्त्री लालबाबु पण्डित, भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ ।
पूर्व माओवादीका उद्योगमन्त्री मात्रिका यादव, कृष्ष्मिन्त्री चक्रपाणि खनाल र कृष्णराज्यमन्त्री रामकुमारी चौधरीलाई हटाइएको छ ।
घनश्याम भुसाल, हृदयेश त्रिपाठी, लेखराज भट्ट, बसन्त नेम्वाङ र रामेश्वर राय यादवलाई मन्त्री बनाइएको छ । उद्योगपति मोती दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएको छ । यस्तै विमला राईलाई पनि मन्त्री नियुक्त गरिएको छ ।

