Happy Tihar 2082

भिषा थप नभएका कारण मलेसियामा २२जना नेपाली समस्यामा

पढ्न समय: 3 मिनेट

मलेसियामा रहेका २२जना नेपालीले भिषा थप नभएका कारण आँफुहरु समस्यामा परेको बताएका छन्। यो खबर पुर्बि खबर डटकममा छापिएकों छ |

२९अप्रिल २०१७मा बिएस ओभरसिस प्रा.लि. सामाखुसी काठमाण्डौमार्फत मलेसिया गएको र महमद सेक्युरिटी कम्पनीमा रहेको भन्दै ति नेपालीले आँफुहरुले पहिलो भिषा सजिलोसँग पाएको तर भिषा सकिन २महिना अगाडी मेडिकल गराएपनि १० महिना बितिसक्दा पनि भिषा नपाएको गुनासो गरेका छन्।

- Advertisement -
Ad image

उनिहरुले भिषा आज आउँछ भोलि आउँछ भन्दाभन्दै १० महिना बितेको अनि हरेक दिन जस्तो मलेसियन पुलिसले आँफुहरुसँग पैसा असुली रहेको गुनासो गरेका छन्। अफ्ठेरोमा परेका ती नेपालीले कम्पनीमा जानकारी गराउँदा वास्ता नगरेको जनाएका छन्।

उनिहरुले ९ महिना २९ दिन सम्म भिषाको पर्खाईमा आँफुहरु रहेपनि १० महिना पुगेको दिन अफिसमा काम गर्ने झापा निवासी एक ब्यक्तिले फोन गरेर पासपोर्ट हराएको अनि नेपालबाट नागरिकता मगाउनुपर्ने भनेको बताएका छन्। उनिहरुले अगिल्लो दिनसम्म अर्को हप्ता भिषा आउँछ भनेको आज कसरी हराउँछ भनेर प्रश्न गर्दा गाली गर्दै चाँडो नागरिकता मगाउनु भनेको बताएका छन्।

त्यसपछि उनिहरुले पुलिस रिपोर्ट गर्न लागेको तर पहिलो दिन पुलिसले रिपोर्ट लिन नमानेको र दुईदिनपछि पुन पुलिस रिपोर्ट गर्न खोजेको फेरी पनि नमानेका अनि पटक पटकको प्रयासपछि पुलिस रिपोर्ट बनेको बताएका छन्।

उनिहरुले पुलिस रिपोर्ट लिएर आँफुहरु मलेसियास्थित नेपाली दुताबास गएको, मलेशियामा रहेका बिभिन्न संघसंगठनमा कुरा राखेको मलेसियामा रहेका भारतीय र मलेसियन नागरीकहरु अनि नेपालका बुद्धिजीवीहरुसँग सरसल्लाह लिँदा सबैतिरबाट भिषा लाग्न मुस्किल रहेको अनि आगामी दिनमा गाह्रो हुन सक्ने १० महिनामा नलागेको भिषा अवका दिनमा लाग्ला त भन्ने जवाफ आउँदा आँफुहरुलाई झनै पिडा महशुष भएको बताएका छन्।

उनिहरुले आँफुहरुलाई झापाको दमकका गोपिकृष्ण अधिकारी र घनश्याम चौँलागाईले मलेशिया ल्याएको भन्दै दुवैजनाले आँफुहरुलाई कम्पनिको मालिक जस्तो ब्यवहार गर्दै हेप्ने गरेको र गोपिले अफिसमा नेपालबाट मान्छे ल्याउने काम गर्ने र घनश्याम कम्पनीको कमान्डर रहेको जनाएका छन्।

उनिहरुले कम्पनिको लापरबाहीका कारण आँफुहरु १० महिनादेखि गैरकानुनी रुपमा मलेशियामा बस्न बाध्य भएको भन्दै आँफुहरु सकसपुर्ण जीवन जीउन बाध्य भएको गुनासो गरेका छन्।

मलेशियामा रोशन बजगाँई, शेरबहादुर नगरकोटी, सक्रातु थारु चौधरी, रोशन भण्डारी, त्रिलोचन पराजुली, बिष्णु बहादुर नेपाली, धनबहादुर थापा, निरज हुसेन, आलम बङ्गाली, पल्सङ तितुङ, राजकुमार वाइबा, रञ्जितकुमार राय, अमानन्द सापकोटा, मचिन्द्र राई, मानबहादुर तामाङ, नारद राई, रामकृष्ण दुवाललगायत अलपत्र परेको पूर्वी खबरलाई बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *