
गौरीगञ्ज दर्पण / मोरँग ब्युरो
२९ जेठ, विराटनगर । कोरोना महामारी नियन्त्रणका नाममा सरकारको झार्रा टार्ने काम मात्र गरेको भन्दै पूर्वको विराटनगरमा पनि प्रदर्शनी भएको छ ।
बिहिबार प्रचण्ड गर्मिको समेत पर्वाह नगरी युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । उनिहरुले कोरोना रोकथामका लागि सरकारले गरेको १० अर्ब रुपैंयाको खर्च बिबरण सार्बजनिक गर्न माग गरेकाछन् ।
प्रदर्शनकारीहरुले कि सरकार जाग कि साकार छाड , आरडिटि होइन पिसिआर , १० अर्ब खोइ ?, लाज लाग्दै ?, आरडिटि बन्द , आदि लेखिएको प्लेकार्ड बोकेका थिए । नारा जुलुस गर्दै प्रदेश नँ १ को मुख्य मन्त्री कार्यालय अगाडी राष्ट्रीय गान गाएर सरकारको कामको प्रभावकारिता माथि प्रश्न उठाउदै बिरोध गरेका थिए । घोघापुल चोक बाट स्वतस्फुर्त रुपमा निस्किएको र्यालिले बिराटनगर उपमहानगरपालिका र मन्त्री परिषद कार्यालय अगाडि प्रदर्शन गरेकाथिए ।
सरकारले कोरोना रोकथाम बिरुद्ध गरेका कामहरुको प्रभावकारिता नभएको भन्दै केहि दिन यता काठमाण्डौ बाट शुरु भएको प्रदर्शन बिराटनगर, बिरगञ्ज , पोखरा लगायतका शहरहरुमा स्वत स्फुर्त रुपमा शुरु भएको हो