गौरीगञ्ज । नेपाल बिद्यार्थी सँघ गौरीगञ्जद्वारा आयोजित अन्तर माबि हाजिरी जवाफ प्रतियोगिता बालकल्याण माबि महाभाराले जितेको छ । प्रतियोगितामा दोश्रो स्थान खजुरगाछी उच्च माबि खजुरगाछीले जितेको छ भने तेश्रो स्थान ज्ञानोदय माबि गौरीगञ्जले जितेको छ ।
प्रतियोगितामा गौरीगञ्ज गाउँपालिका भित्रका ८ वटा सामुदायिक र सँस्थागत बिद्यालयहरुको सहभागिता रहेको थियो । प्रथम द्वितिय र तृतिय स्थान प्राप्त गर्न सफल बिद्यालयका टिमलाइ प्रमाण पत्र सहित पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दीपेन्द्र थापा वडा नँबर ३ का वडाध्यक्ष मखना महतो न्यायीक समिती सदस्य हेमा आचार्य नेपाल शिक्षक सँघ गौरीगञ्ज अध्यक्ष गोपाल ताजपुरिया नेम सँघ सचिब कल्पना थापा गौरीगञ्ज क्याम्पस स्वबियु सभापती देब ताजपुरिया नेबिसँघ गौरीगञ्ज क्याम्पस अध्यक्ष कृष्ण दास लगायतको उपस्थिती रहेको थियो ।
बालकल्याण महाभाराले जित्यो नेबिसँघ द्वारा आयोजित हाजिरी जवाफ

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्