Happy Tihar 2082

बझाङ् महाभुकम्प : दिल्ली सम्म धक्का

पढ्न समय: 1 मिनेट

बझाङ – बझाङको खप्तडछन्ना गाउँपालिका–१, पौवागढी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बेलुकी ७ बजेर १५ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङलगायत सूदुर पश्चिम प्रदेशका अरु जिल्ला र कर्णाली प्रदेशका जिल्लाहरुमा पनि महसुस गरिएको थियो । त्यस्तै प्रदेश ५ का बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

- Advertisement -
Ad image

भूकम्पबाट क्षति भने नभएको खप्तडछन्ना गाउँपालिका-१ का वडाअध्यक्ष हिक्मत खत्रीले जानकारी दिनुभयो ।

बझाङको खप्तड केन्द्रबिन्दू भएर गएको भूकम्पको धक्का भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तर प्रदेशका केही भागमा समेत महसुस गरिएको इण्डिया टुडेले जनाएको छ । 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *