Happy Tihar 2082

फेसबुकमा मर्दैछु भनेर स्टाटस लेखेका श्रेष्ठको शब फेला

पढ्न समय: 2 मिनेट

बिर्तामोड । सामाजिक सञ्जालमा आफ्नो मृत्यू बारे स्टाटस् लेख्ने बिर्तामोड–९ का युशन श्रेष्ठ सोमबार घर नजिकै मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यलय अनारमनीले जनाए अनुसार सोमबार विहान गाउँलेले युशन मृत अवस्थामा भेटेपछि परिवारलाई जानकारी दिएका थिए । इप्रका अनारमनीका इन्सपेक्टर श्रीप्रसाद राईले मृतक श्रेष्ठको पोष्ट मार्टम गर्न मेची अञ्चल अस्पताल पठाइएको जानकारी दिए । के कारणले मृत्यू भएको हो, पोष्ट मार्टम पछि मात्रै थाहा हुने राईको भनाई छ । स्थानीयले मृत अवस्थामा भेटिएका २० वर्षीय श्रेष्ठको मुखबाट सेतो पदार्थ बगेको प्रहरीलाई सुनाएका छन् । प्रहरीले भने, यसै भन्न सक्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । धेरैले आत्महत्या गरेको अनुमान गरेपनि पुष्टि भने भएको छैन ।
उनले मार्च १५ तारिख बेलुका ७ बजेर ५४ मिनेट (चैत १) मा आफ्नो फेसबुकमा मृत्यूबारे स्टाटस् लेखेका थिए । उनले अंग्रजी भाषाबाट स्टाटस लेखेका थिए । स्टाटसमा भनिएको छ, म छिटै मर्दै छु । फोटो राखेर श्रद्धाञ्जलि दिन तयार हुनुहोस् । यसरी स्टाटस् लेखेको दुई दिनमा उनको शव फेला प¥यो । बिर्तामोडको मनकामनामा अध्ययनरत श्रेष्ठले आइतवार राती ९ बजे घर छोडेर निस्केका थिए । लामो समय फोनमा कुरा गर्ने गरेको देखेपछि उनका बुबाले सम्झाउँदै आएको प्रहरीले जानकारी दिएका छन् ।
केहि समययता घर छोडेर हिड्ने, आफु खुशी हिड्ने गरेको बुझिएको छ ।

स्रोत – ईजलास

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *