Happy Tihar 2082

प्रेम दिबस कै दिन गौरीगञ्जका एक जोडीले गरे सँबन्ध बिच्छेद

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । बिहिबार पुरै बिश्व प्रेम दिबस मनाइ रहदा झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ट का एक जोडी भने राजीखुशी एक अर्का सँग सँबन्ध बिच्छेद गर्ने निर्णयमा पुगेका छन् । उनिहरुले गौरीगञ्ज गाउँपालिका भित्रको न्यायीक समितीको रोहबरमा सो निर्णय गरेका हुन ।
आफु बैदेशीक रोजगारीमा गएको बेला श्रीमतीले अरु सँग सँबन्ध राखेको कारण उनिहरु सो निर्णयमा पुगेका हुन । २०६६ सालमा सामाजिक परम्परा अनुसार बिबाह बन्धनमा बाँधिएका उनिहरुको तीन जना सँतान छ । तत्कार छोराछोरीहरु बुवा सँगै बस्ने र तिनीहरुको शिक्षा दिक्षा बुवाले नै दिलाउनु पर्ने सर्तमा उनिहरु सँबन्ध बिच्छेदको निर्णयमा पुगेको कुरा न्यायीक समितीका सँयोजक तथा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले बताए ।
शुरुमा हामीले मिलाउने कोशिस गरेका हौ । तर उनिहरु एक अर्का सँग बस्नै नचाहे पछी सोहि अनुसारको कागज गराइ अदालती प्रकृयाका लागि पठाएका छौ उनले भने — न्यायीक समितीले सँबन्ध बिच्छेद गराउदैन अदालतले गराउछ ।
बैदेशिक रोजगारीका कारण अहिले अड्ढिकाँश यहि प्रकृतीका मुद्दाहरु न्यायीक समितीमा आउन थालेको गुनासो सँयोजक थापाको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *