Happy Tihar 2082

प्रदेश सरकारका उच्च पदाधिकारी सहित बिराटनगरमा थप १८ जनामा सँक्रमण पुष्टी

पढ्न समय: 1 मिनेट

विराटनगर । प्रदेश १ सरकारका उच्च पदाधिकारीसहित विराटनगरमा थप १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।
सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारको कानून हेर्ने विराटनगर ५ निवासी उच्च ओहोदाका व्यक्तिसहित उनकी श्रीमति र छोरामा समेत कोरोना पुष्टि भएको छ ।
सँक्रमितहरु विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराटनगरका ७ जना, विराटनगर–७ का ४ जना र विराटनगर–६ का १ जनामा संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
विराटनगरले स्वाब संकलन गरेर पठाएकामध्ये १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकी आफैं अर्कै निकायले स्वाब संकलन गरेर पठाएका चार जना भएको अनुमान गरिएको छ ।
यसैगरी कोशी अस्पतालमा कार्यरत २ जना र विराट मेडिकल कलेजमा कार्यरत १ जनामा समेत संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकामा संक्रमितको संख्या १३८ जना पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्