Happy Tihar 2082

प्याबसन गौरीगञ्जले गाउँपालिका अध्यक्षलाइ बुझायो ज्ञापनपत्र

पढ्न समय: 1 मिनेट

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित भएको प्रस्तावित शिक्षा विधेयकमा केही विषयहरु निजी विद्यालयहरुलाई अमान्य भएको भन्दै निजि तथा आवासिय बिद्यालयहरुको छाता सँगठन प्याबसनले देशभरिका सबै पालिकाहरुमा पालिका प्रमुखहरुलाइ ज्ञापनपत्र बुझाएको छ ।

- Advertisement -
Ad image

प्याबसनको देश ब्यापि बिरोध कार्यक्रम अन्तर्गत प्याबसन गौरीगञ्जले समेत बिहिबार गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीलाइ ज्ञापनपत्र बुझाएको हो ।

प्याब्सन झापाका प्राज्ञिक सल्लाहकार तथा पूर्ब जिल्ला उपाध्यक्ष जनार्दन ढकाल, गौरीगञ्ज गापाका पूर्ब उपाध्यक्ष तथा शिक्षा सँयोजक प्याब्सनिस्ट दिपेन्द्र थापा, जिल्ला सदस्यहरु गोपाल ढुङ्गेल, श्याम नारायण राजवँशी लगायत गौरीगञ्जमा सञ्चालित निजि तथा आवासिय बिद्यालयका प्रिन्सिपलहरुको उपस्थितीमा ज्ञापनपत्र बुझाइएको हो ।

 प्याब्सन केन्द्रीय कार्यसमितिको निर्णय अनुसार श्रावण २९ गतेदेखि देशव्यापीरुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्