Happy Tihar 2082

पेट्रोलमा प्रतिलिटर रु ३ र डिजेल, मट्टितेलमा प्रतिलिटर रु १ ले मुल्य घट्यो

पढ्न समय: 1 मिनेट
Generated by pixel @ 2022-04-17T14:50:44.351754

जेठ १७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।

शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।

- Advertisement -
Ad image

निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टीतेल एक रूपैयाँ घटाएको छ।भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

नयाँ मुल्य सुची अनुसार अब पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी र आसपासका क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्ग अन्तरगतको सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५२ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १६८ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५३ रूपैयाँ पर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्