Happy Tihar 2082

पाँचथरमा बोलेरो दुर्घटना : ५ जनाको मृत्यु, ७ घाइते

पढ्न समय: 1 मिनेट

असोज १८ झापा  : पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। 

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो तमोर नदी किनारमा करिब ४०० मिटर तल खसेको हो । पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । २ महिला र ३ पुरुषको मृत्यु भएपनि उनीहरूको पहिचान अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

प्रहरीका अनुसार हालसम्म सात जना घाइतेलाई उद्धार गरिएको छ । उनीहरुमध्ये छ जना घाइतेलाई एम्बुलेन्समार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) लगिएको छ भने एक जनालाई फिदिम अस्पताल, पाँचथर पठाइएको छ ।

घटनास्थल पहाडी बाटोको मोड र भिरालो क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्