Happy Tihar 2082

पँगेनीका तीन गजल

पढ्न समय: 2 मिनेट

गजल : मज्जा बेग्लै थियो
~प्रकट पगेनी~
हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो
वारिबाट पारिसम्म छोटो बाटो भएपनि
आले टाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन
मलाई भने त्यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो
कुन्नी कता के के गर्दा छोयो के मा पाखुराले
त्यति बेला मैले धित मार्नुको मज्जा बेग्लै थियो
खोला तरी आइयो किनार भिजिन उनी निथ्रुक्क भई
लुगा निचोरी पानी झार्नुको मज्जा बेग्लै थियो
के निस्कियौ
~प्रकट पगेनी~
तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ
भाग्यमानी रैछ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ
पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

- Advertisement -
Ad image

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ
त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसी
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ
चुहाएर के निस्कियौ
~प्रकट पगेनी’शिव’~
तप्प तप्प जल विन्दु चुहाएर के निस्कियौ
स्नीग्ध, कोमल कंचन आहा नुहाएर के निस्कियौ
भाग्यमानी रै’छ साबुन फिँजै फिज भई बरालियो
जुन साबुनलाई अंग अंग छुवाएर के निस्कियौ

   पानी पनि आगो बन्छ कामदेवको आशिष पाए
   जुन पानीमा यस्तो रुप डुबाएर के निस्कियौ

घामको कुरा नगरौं भो,टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ
त्यही गाँठोमा गाँठो पार ‘प्रकट’लाई ओ रुपसी
जुन गाँठोमा कोमल अंग लुकाएर के निस्कियौ !
(स्रोत : साहित्य सँग्राहालय

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *