गौरीगञ्ज । नेपाल शिक्षक सँघ गौरीगञ्जको पहिलो गाउँ परिषद सम्पन्न भएको छ । शनिबार गौरीगञ्ज वडा नँ ३ स्थित गौरीगञ्ज आधारभुत बिद्यालयमा सम्पन्न पहिलो गाउँ परिषदमा अधिकाँश बक्ताहरुले शिक्षा र स्वास्थ्य जस्ता महत्वपुर्ण निकायहरु सरकारले स्थानीय तहको मातहतमा जिम्मा लगाउन नहुने कुरा बताएका थिए ।
नेपाल शिक्षक सँघ गौरीगञ्जका अध्यक्ष गोपाल प्रसाद ताजपुरियाको सभापतित्वमा बसेको परिषदमा नेपाल शिक्षक सँघ जिल्ला अध्यक्ष नेत्र खरेल नेपाल शिक्षक महासँघका जिल्ला सचिब तोया दाहाल महासँघका प्रदेश प्रतिनिधि प्रकाश भण्डारी जिल्ला सहसचिब हरि राजवँशी तथा महासँघका गौरीगञ्ज अध्यक्ष हरिलाल यादव लगायतको उपस्थिती थियो ।
सो अबसरमा सँघले तिन जना अबकाश प्राप्त शिक्षकहरुलाइ सम्मान समेत गरेको थियो । बालकल्याण माबि महाभाराका पुर्व प्रअ भोला खतिवडा सरस्वती आबिका पुर्व प्रअ सर्बलाल मण्डल र भगवती आबिका पुर्व प्रअ मोहन ठाकुरलाइ सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो । वडा नँ २ का वडाध्यक्ष अ३नु राजवँशी वडा नँ ३ का वडाध्यक्ष मखना महतो लगायतका अतिथीहरुले अबिर तथा खादा ओढाएर सम्मान गरेका थिए ।
नेपाल शिक्षक सँघ गौरीगञ्जको पहिलो गाउँ परिषदमा तीन पुर्व शिक्षक सम्मानित

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्