Happy Tihar 2082

‘नुर’ गुमाउदै गौरीगञ्ज : गुपचुप मै बस्यो तेस्रो गाउँसभा

पढ्न समय: 4 मिनेट

गौरीगञ्ज । गत बर्ष साउर्नमा गौरीगञ्ज गाउँपालिकाको पहिलो गाउसभा बस्दा निकै अघि देखि तयारी थालिएको थियो । गाउँपालिकाको सभाहलमै न अटने गरि उद्घाटन सत्रमा पाहुना डाकीएको थियो । प्रमुख अतिथीका रुपमा प्रदेश साँसद हिक्मत कार्कीलाइ निम्तो पठाइएको थियो । त्यो अर्कै कुरो हो कि आन्तरिक कारणले त्यो गाउँसभा बस्न पाएन तर निकै तामझामको तयारी गरिएको थियो ।

पहिलो तयारी स्थगित भएको पाच महिना पछी गौरीगञ्ज गाउँपालिकाको पहिलो गाउँ सभा बस्यो । आफनो सभाहलमा आगन्तुक पाहुनाहरु नअट्ने देखेर गाउँपालिकाले खजुरगाछी शिबालय मन्दिरको ठुलो र फराकिलो हल बुक गर्यो । यस पालि पनि प्रदेश साँसद तथा प्रदेश नँ १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र प्रदेश साँसद एलबी साँवा प्रमुख अतिथी र बिशिष्ट अतिथी थिए । बिभिन्न पार्टीका प्रतिनिधि र समाजका प्रतिष्ठीत ब्यकतीहरुले मञ्च भरि भराउ थियो । त्यो पहिलो गाउँसभाको रौनक हेर्ने लायकको थियो ।

- Advertisement -
Ad image

नया आ ब ०७४— ७५ को शुरुमै अर्थात साउन मै गौरीगञ्ज गाउँपालिकाको दोस्रो गाउँसभा बस्यो । दोस्रो गाउँ सभामा पहिलाको जस्तो तामझाम देखिएन । पाहुना त बोलाइए तर थोरै मात्र । केहि राजनैतिक दलका स्थानीय प्रतिनिधि बाहेक यो पाला न त प्रमुख अतिथी डाकियो न त बिशिष्ट अतिथी नै । त्यसको ६ महिना पछी आज गौरीगञ्ज गाउँपालिकाको तेस्रो गाउसभा शुरु भएको छ तर एकदम गुपचुप र चुपचाप । यस पालिको गाउँसभा यति गुपचुप तरिकाले शुरु भएको छ की यस पटक गाउँपालिकाले स्थानिय बुद्धिजिबि र बिशिष्ट पाहुना त के सञ्चारकर्मीहरुलाइ समेत अौपचारिक निम्तो गरेन । निम्तो को त के कुरा गाउँपालिकाले यो तेस्रो गाउँसभाको सुचना समेत कहि कतै जारि गरेन ।

गौरीगञ्ज गाउपालिकामा जन निर्वाचित प्रतिनिधि आइ सकेपछीका दिनमा यसको काम कार्वाहिको मुल्याँकन गर्दा पछिल्ला दिनहरुमा गाउँपालिकाको निरन्तर “नुर” गिर्दै गएको भान हुन्छ । शुरुका दिनमा जनप्रतिनिधिहरु जुन जोश जाँगर लिएर आएका थिए त्यो जोश जागर निरन्तर घट्दै गएको देखिन्छ ।

गाउँपालिकाको निरन्तर गिर्दै गएको “नुर”ले केवल जन प्रतिनिधिहरुको जाँगर गिरेको मात्र देखाउदैन यसले आम जनताहरुलाइ समेत बेवास्ता गर्दै लगेको समेत छनक पाउन सकिन्छ ।

गाउँसभा जनप्रतिनिधिहरुको मात्र सरोकारको बिषय नभएर यो आम जनतासँग समेत प्रत्यक्ष सरोकार राख्ने बिषय भएकाले जनताको समेत ब्यापक सहभागितामा गाउँसभा शुरु गर्नु पर्ने राय नेकपाका स्थानिय प्रतिनिधि श्याम ढकालको छ ।
उहा भन्नु हुन्छ — जनतालाइ सुचनै नदिइ गुपचुप गाउँसभा शुरु गर्दा यसले आम जनतालाइ किन यस्तो गरियो भनेर प्रश्न गर्ने ठाउँ रह्यो । आम जनता लाइ वास्तै नगरि गाउसभा सञ्चालन गरियो भनेर हामी जनताले चिन्ता लिनु पर्ने बिषय हो । राजनैतिक दलका प्रतिनिधिहरु पनि त जनताका प्रतिनिधि हुन् नि ? त्यसैले यो गाउँसभा सबै राजनैतिक दलका प्रतिनिधि समाजका बिशिष्ट ब्यक्तीत्व र अन्य बुद्धिजिबिको उपस्थितीमा भइ दिए राम्रो हुने थियो ।

तेस्रो गाउँसभाको उद्घाटन सत्रमा कसैलाइ निम्ता नगरेको प्रति स्वयम् गाउँपालिकाकै वडा सदस्यहरु समेत असन्तुष्ट छन् । १५ मिनेट छोटो उद्घाटन सत्र पछी शुरु भएको बन्द सत्रमा केहि असन्तुष्ट वडा सदस्यले यो बिषयमा चर्को आबाज उठाएको कुरा श्रोतले बताएको छ । एक वडा सदस्यले सञ्चारकर्मीहरुलाइ समेत किन सुचना गरिएन भनेर प्रश्न राखेको समेत श्रोतले बताए ।

यो बिशेष गाउँसभाले स्थानीय राजपत्र प्रकाशन सँबन्धी कार्यबिधि उपभोक्ता समिती गठन परिचालन तथा ब्यबस्थापन सँबन्धी कार्यबिधि सामुदायिक बिकास कोष स्थापना र सँचालन कार्यबिधि अपाँगता भएका ब्यक्तीको परिचय पत्र बितरण सँबन्धी कार्यबिधि घ बर्गको निर्माण ब्यावशायी इजाजत पत्र सँबन्धी कार्यबिधि बाल अधिकार सँरक्षण तथा सँबर्द्धन सँबन्धी कार्यबिधि माथि छलफल गरि पारित गर्ने
कुरा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले बताउनु भयो ।
कार्यपालिका सदस्य बाहेकका वडा सदस्यहरु कार्यपालिकाको काम कार्वाहि प्रति असन्तुष्ट रहेका कारण गाउसभा केहि दिन लम्बिने कुरा श्रोतले दाबि गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *