Happy Tihar 2082

नयाँ घरमा भित्रिदा आशादेवीको आखाबाट झर्यो खुशीको आँशु

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज । खजुरगाछीको दमाइ डाँडामा बिहिबार अरु दिन भन्दा बेग्लै माहौल थियो । केहि स्थानीय अनुहारसँग १४ जना जापानी अनुहारहरु पनि घुलमिल भइ रहेका थिए । ति जापानी अनुहारहरु थिए जापानको बेङ्क्यु युनिभर्सिटीका स्वयम् सेवक बिद्यार्थीहरुको जो एक हप्ता देखि दमाइ डाँडामा आएर स्थानीय बेसहारा एकल महिला आशादेवी मण्डलको घर बनाइ रहेका थिए ।


समय दिउसोको अढाइ बज्दो हो — एकाएक जापानी बिद्यार्थीहरु आशादेवीको आँगनमा नाच्न थाले । उनिहरु एक्लै नाचेनन् उनिहरुले त्यहा उपस्थित गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा लगायत धेरैलाइ आफुसँग नचाए अनि उपस्थित सबैलाइ जापानी परिकार राइस बल समेत सबैलाइ चखाए । एकै छिनमा आशादेवीको आँगन सानो तिनो खुशीको रँगमञ्चमा परिणत भयो । टोली मध्येका एक जनाले त कनिकुथी नेपाली समेत बोल्न भ्याए । उनिहरुले कागजको थाँकामा जापानी भाषामै धन्यबाद समेत लेखेर आफ्नो आफ्नो भावना पोखे ।

- Advertisement -
Ad image


गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष श्रेष्ठ उपाध्यक्ष थापा र जापानी बिद्यार्थी टोलीका नाइके डाइकीइसी ले सँयुक्त रुपमा आशा देवीको नब निर्मित घरको रिवन काटे पछी उनिहरुले बेसहारा आशा देवीलाइ नयाँ घर मै भित्र्याइ दिए । उनिहरुले आशादेवीलाइ नयाँ घरमा भित्र्याइ रहदा आशादेवीको आँखा भने रसाइ रहेको थियो । उनले त्यो खुशीको पलमा हर्षको आशुलाइ सम्हाल्नै सकेनन् । छेउमै उभिएका गाउँपालिका अध्यक्ष श्रेष्ठले उनलाइ नरुन आग्रह गरि रहेका थिए । खुशीले बिब्हल भएका उनले आफुले नयाँ घर पाएकोमा खुशी ब्यक्त मात्र गरेनन् सहारा नेपालका उमेश भारतीलाइ धन्यबाद समेत दिइन ।


गौरीगञ्ज गाउँपालिका सहारा नेपाल र ह्याबिटाट फर ह्युमानिटीको सँयुक्त लगानीमा बनि रहेको सुरक्षित आबास कार्यक्रम अन्तर्गत एकल महिला आशा देवी मण्डलको घर बनाइ दिन जापानी बिद्यार्थीहरुको स्वयम् सेवक टोली गत फागुन १६ गते दिखि लगातार खटिएका थिए ।
बिहिबार उनिहरुलाइ मायाको चिनो स्वरुप आदिबासीहरुको स्थानीय उत्पादन उनिको झोला र गौतम बुद्धको प्रतिमा सहित गौरीगञ्ज गाउँपालिका सहारा नेपाल र ह्याबिटाट फर ह्युमानिटीले सँयुक्त रुपमा बिदा गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *