Happy Tihar 2082

धरानमा बम फेला

पढ्न समय: 1 मिनेट

धरान । धरान उपमहानगरपालिका-१४ मा बमका जस्तो देखिने संकास्पद वस्तु फेला परेको छ । उक्त बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले अाइतबार अपरान्ह निष्क्रिय पारेकाे खबर ब्लाष्ट खबर डटकम मा छ ।

करिब ७ः०० बजे स्थानीय पशुपती तामाङले सिहदेवी चाैकदेखि करिब १०० मिटर विजयपुर जाने बाटोभन्दा मुनी बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त बस्तुलाई नेपाली सेनाको काली शक्त्ती गणको बम डिस्पोजल टोलीले करिब १ बजे निष्क्रिय परेको हाे ।

- Advertisement -
Ad image

उक्त बस्तु कहाँबाट कसरी आयो सोको विषयमा अनुसन्धान गरिरहेकाे छ । तर, केही समय अघि नै राखेकाे हुन सक्ने अवशेषकाे रूपमा रहेकाे प्रहरीले जनाएकाे छ । सेनाकाे टाेलीले उक्त वस्तुकाे चाँजका लागि फाेरेन्सिकमा लगिने जनाएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *