Happy Tihar 2082

धमलाको कार दुर्घटना

पढ्न समय: 1 मिनेट

काठमाडौं – रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा दुर्घटना भएको खबर रातोपाटी डटकममा छ |

आइतबार बिहान करीव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो ।  

- Advertisement -
Ad image

दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने धमला सामान्य घाइते भएको स्रोतले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् । चालकलाई अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *