दमक नपाका कमर्चारी र जनप्रतिनिधि सवार गाडी दुर्घटना, एकको मृत्यु, ६ जना घाइते
बैशाख १८ झापा । दमक नगरपालिकाकाका कर्मचारी र जनप्रतिनिधि सवार गाडी दुर्घटना हुँदा एक कर्मचारीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
चितवनबाट झापा आउने क्रममा उदयपुरको कटारी नपा ६ सोमबारेमा मे १ च ३०४० नम्बरको स्करपियो अनियन्त्रत भइ फलामको बेरियारमा ठोकिएर दुर्घटना भएको थियो । मृत्यु हुनेमा दमक नपामा कार्यरत कानुन अधिकृत माधव बस्नेत रहेकव कुरा प्रहरीले जनाएको छ । दमक नगरपालिका वडा नं ३ बस्ने बर्ष ५५ को बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको हो
आज अपरान्ह ४.१० बजे भएको दुर्घटनामा दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारी, दमक ६ का वडा सदस्य कमल श्रेष्ठ, दमक नगरपालिकाका सवारी चालक जिल्ला झापा दमक नगरपालिका वडा नं ९ बस्ने बर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका वडा नं १ बस्ने बर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका वडा नं २ बस्ने बर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका वडा नं १ बस्ने बर्ष ५४ को भुवन दाहाल घाइते भएका छन् । उनिहरुको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको कुरा इलाका प्रहरी कार्यालय कटारीका डिएपसपी कमल बजगाइँले जानकारी दिए ।