Happy Tihar 2082

थामिएन रेखा थापाको आक्रोश

पढ्न समय: 1 मिनेट

अभिनेत्री रेखा थापाले नेपाल सरकारले चालु आर्थिक बर्ष देखि लागु गरेको भन्सार सम्बन्धी नयाँ नियमको बिरोध गरेकी छिन् । सामाजिक संजाल फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै उनले सो नियमले विदेशमा गएर श्रम गर्ने नेपालीहरुको अपमान भएको बताएकी हुन् । 

हाल विदेशवाट फर्किने कामदारहरुले चरम सास्ती भोग्दै आएका छन् । यही घटना प्रती चासो राख्दै सामाजिक संजालमार्फत अभिनेत्री थापाले सरकार प्रती आक्रोश पोखेकी हुन् । तिनै युवाको पसिनाको रेमिट्यान्सबाट चलेको देशमा उनीहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ? भन्दै उनले सरकारलाई प्रश्न गरेकी छिन् ।

- Advertisement -
Ad image

केही समय अगाडी देखि सरकारको उक्त कदमको सामाजिक संजालमा ब्यापक बिरोध हुँदै आएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुले सो कदम प्रती पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरेका छन् । पछिल्लो समय सामाजिक सेवामा समेत सकृय बनेकी अभिनेत्री थापाले सरकारको नियमले श्रमिक माथि शोषण र अत्याचार भएको बताएकी छिन् । यदी सरकारले उक्त नियम परिवर्तन नगरे आफु एक्लै भए पनि एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार रहेको बताएकी छिन् ।

यो समाचार ईकान्तिपुर डचकम बाट लिईएको हो

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *