Happy Tihar 2082

झापा लगायत देश भरी आज मौसम बदली : पानी पर्ने सँभावना

पढ्न समय: 1 मिनेट

बुधबार देशभर नै सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा हिउँ र देशका केही भूभागमा पानी परिरहेको महाशाखाका मौसमविद्ले बताएका छन् । 

- Advertisement -
Ad image

मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन । दिउँसो धेरै ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । 

पश्चिमका केही ठाउँमा रातिदेखि मौसममा सुधार आए पनि मध्य र पूर्वको मौसम बिहीबार दिउँसोपछि मात्रै खुल्दै जाने संभावना रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *