झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी अर्जुनधारा नगरपालिका लाइ

पढ्न समय: 1 मिनेट

फागुन ६, गौरादह- झापाको गौरादहमा जारी १६ औं झापा जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ ।

- Advertisement -
Ad image

प्रतियोगितामा २२ स्वर्ण ५ रजत र १४ कास्य सहित अर्जुनधारा नगरपालिकाले प्रथम भएको छ भने १४ स्वर्ण १४ रजत र ५ कास्य सहित दमक नगरपालिका दोस्रो र ७ स्वर्ण १० रजत ८ कास्य पदक सहित विर्तामोड नगरपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा ४/४ स्वर्ण पदक जितेका बाहदशी गाउँपालिकाका सुवोध थापा र बिकी राजवंशी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा हाइ जम्प लँग जम्प ज्याभलिङ्ग थ्रो रिले दौड कबड्डी लगायत ५४ प्रकारका खेल बिधाहरुमा प्रतिस्पर्धा भएको थियो ।  

झापा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गौरादह नगरपालिकाको संयोजनमा संचालन भएको प्रतियोगितामा झापा जिल्ला भित्रका १५ वटै पालिकाका पालिका स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका १८ वर्ष मुनिका झण्डै ८ सय खेलाडीहरुको सहभागिता रहेको थियो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको सभापतित्वमा सम्पन्न समापन सत्रमा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदि अर्जुनधारा नगरपालिकाका उप-प्रमुख खडगमाया पराजुली ,गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सँयोजन गौरीगन्ज गाउँपालिकाका पुर्व उपाध्यक्ष दिपिन्द्र थापाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्