Happy Tihar 2082

चोरी भएको मोटरसाइकल सहित किशोर पक्राउ

पढ्न समय: 1 मिनेट

साउन १४ गौरीगञ्ज । गौरीगञ्ज ६ खजुरगाछी स्थित शिवालय मन्दिर अगाडीबाट मँगलबार चोरी भएको मोटरसाइकल फेला परेको छ । मे ९ प २७४१ नँबरको उक्त मोटरसाइकल हिजो साँझ वडा नँ ६ स्थित तिनटोलियामा फेला परेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

- Advertisement -
Ad image

मँगलबार साँझ उक्त मोटरसाइकलमा पेट्रोल सकिएको अबस्थामा डोर्याएर ल्याउदै गरेको अबस्थामा फेला परेको हो । मोटरसाइकल डोर्याएर खजुरगाछी तर्फ ल्याउँदै गरेको अबस्थामा १४ बर्षिय किशोर पक्राउ परेका छन् । वडा नँ ३ त्रिमुर्ती चोकका १४ बर्षिय महतो थरका किशोर पक्राउ परेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

हिजो मँगलबार बिहान ११ बजे शिवालय मन्दिर अगाडी पार्किङ गरि राखिएको स्थानबाटै उक्त मोटरसाइकल चोरी भएको थियो । (पक्राउ परेका अभियुक्त नावालक रहेकाले नाम गोप्य राखिएको छ)

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्