
झापा २१ पुस । गौरीगञ्ज वडा नँ ३ स्थित गौरीटोलमा दैनिक जसो झै झगडा हुन थाले पछी समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम चलाइएको छ ।
वडाध्यक्ष मखना महतोको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराइले गाउँबासीहरुलाइ जाँड रक्सी सेवनबाट हुने बेफाइदा र बच्ने उपाय सँबन्धी सचेतना प्रस्तुत गरेका थिए । त्यसै गरि ट्राफिक इन्चार्ज भोजराज चम्लागाइले ट्राफिक नियम सँबन्धी सचेतना प्रस्तुत गरेका थिए । वडाध्यक्ष मखना महतोले झैझगडाका कारण गाउँ बदनाम हुदै गएको तर्फ सचेत गराउदै जाँड रक्सी छोड्न आग्रह गरेका थिए भने टोलबासीहरुले वडाध्यक्षलाइ आफ्ना समस्याहरु समेत सुनाएका थिए ।
कार्यक्रममा १ सय भन्दा बढी टोलबासीहरुको उपस्थिती थियो ।


प्रतिक्रिया लेख्नुहोस्