Happy Tihar 2082

गौरीगञ्ज नाकाबाट भित्रियो पिकअप भ्यानमा तस्करीको सामान

पढ्न समय: 1 मिनेट

सशस्त्र प्रहरीले तस्करीमा प्रयोग गरिएको गाडीसहति १३ लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल वेस क्याम्प वैगुन्धुरा झापाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार विहान गौरादह नगरपालिका ८ जुरोपानी क्षेत्रबाट सामान बरामद गरिएको झापा गण नम्बर २ ले जनाएको खबर आजको ब्लास्ट खबर डटकमले छापेको छ ।


कारोबारीले निजी नम्बर उल्लेख गरिएको मे १ च ३२५३ को महेन्द्रा गाडीमा राखिएको तोरी २६ बोरा, टीना तेल ४थान ,चिनी ४ बोरा, प्याकेजिङ् सुर्ती २ बोरा, यूरिया मल २ बोरा, १५ बोरा भारतीय नुन लगायतको सामग्री बरामद गरिएको सशस्त्रका सइ गणेशमान गोदार थापाले जानकारी दिए । 
गाडीको १० लाख र सामानको तीन लाख अनुमानित मुल्य कायम गरी गाडीसहित बरामद सामग्रीलाइ मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको सशस्त्रका डिएसपी ओजिस ओलीले जानकारी दिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *