Happy Tihar 2082

गौरीगञ्ज दर्पणका सम्पादक राजवँशी सहित ९ जना सम्मानित

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज दर्पणका सम्पादक सहित ९ जना सम्मानित

बैशाख २० बिर्तामोड । जेष्ठ नागरिक जिल्ला सँघ झापाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । सँघका अध्यक्ष इश्वरी प्रसाद तिमल्सिनाको सभापतित्व र बिर्तामोड नगरपालिकाको मेयर पबित्रा महताराको प्रमुख आतिथ्यतामा सँघको साधारणसभा बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

- Advertisement -
Ad image

साधारणसभाकै अबसर पारेर सँघले बिभिन्न अक्षय कोषको तर्फबाट समाजका बिभिन्न क्षेत्रमा योगदान पुर्याउने ९ जनालाइ सम्मान गरेको छ । सँघले पत्रकारीता क्षेत्रमा योगदान पुर्याए वापत गौरीगञ्ज दर्पण डटकमका प्रधान सँपादक मदन राजवँशी मनप्रीत लाइ बिश्वप्रकाश – बिमलादेवी अधिकारी प्रतिभा सम्मान बाट पुरस्कृत गरेको छ भने शिक्षा र साहित्य क्षेत्रमा योगदान गरे वापत गौरीगञ्ज स्थित ज्ञानोदय माबिकी प्रिन्सिपल कल्पना थापालाइ पनि बिश्वप्रकाश – बिमलादेवी अधिकारी प्रतिभा सम्मानबाट पुरस्कृत गरेको छ । त्य्तै जेष्ठ नागरिक अभियन्ता शम्भु प्रसाद पोख्रेललाइ काजीचित्र मोती इङ्नाम स्मृती कोष सम्मानबाट पुरस्कृत गरेको छ भने साहित्य कला क्षेत्रमा योगदान गरे वापत डिल्लीराम नेपाललाइ समेत काजीचित्र मोती इङ्नाम स्मृती कोष सम्मानबाट पुरस्कृत गरेको छ ।

साँसद तारा समयाङ्यालाइ चन्द्र- निलम लावती स्मृती कोष सम्मानबाट पुरस्कृत गरेको छ भने पम्फादेवी दाहाललाइ सितादेवी स्मृती कोष सम्मानबाट पुरस्कृत गरेको छ । त्यैगरी जेष्ठ नागरिकको पक्षमा लगातार समाचार लेखेर योगदान पुर्याए वापत पत्रकार पँकज दाहाललाइ भवानी- पम्फा साहित्य कोष सम्मानबाट पुरस्कृत गरेको छ भने जेष्ठ नागरिक चन्द्रमाया दँगाल र गरिव तथा जेहेन्दार भक्तबहादुर लिम्बुलाइ समेत सम्मान गरेको छ ।

सम्मानित हुने ब्यक्तित्वहरुलाइ कोषका सँस्थापकहरु र बिर्तामोड नगरपालिकाकी मेयर पबित्रा महताराले सम्मानपत्र नगद र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।   

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्